×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कास्की बचत तथा ऋण सहकारी संघको २४औँ साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कास्की बचत तथा ऋण सहकारी संघको २४औँ साधारणसभा सम्पन्न

Artha Sarokar

२१ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा शनिबार पोखरा २५ हेम्जामा अवस्थित माछापुच्छ्रे पाटी प्यालेसमा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार भेषराज रिजालले २०५६ देखि सहकारी संघको निरन्तर सक्रियताले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए । सोही अवसरमा सहकारी अध्यादेशको नयाँ व्यवस्था बारे थप प्रस्ट पारेका थिए ।

कार्यक्रमकाबीच जिल्ला सहकारी संघ लिमिटेड कास्की, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ र को-अपरेटिभ म्यानेर्जस क्लब, कास्कीले संयुक्त रूपमा रजिस्टार भेषराज रिजाललाई सहकारी सम्बन्धमा, ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयमा आफ्नो समर्थन रहेको उल्लेख गर्दै सम्बन्धित ठाउँमा आफ्नो क्षेत्रबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । सहकारीहरूलाई आवश्यक कानुनी प्रावधान पालन गरेर आफ्नो कार्यक्षत्रमा काम गर्न आग्रह समेत गरे ।

पोखरा महानगर प्रवक्ता एव वडा नं २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले, ‘सहकारीले अब बचत तथा ऋणमा मात्र सीमित नभई उत्पादनमा पनि केन्द्रित हुन पर्ने धारणा राखे । उत्पादनमा जानका लागि महानगर सहकार्य गर्न तयार रहेको थप उल्लेख गरे । कार्यक्रमकाबीच सहभागी सहकारीका प्रमुख एवं प्रतिनिधिहरूलाई एक सहकारी एक उत्पादनमा जान गम्भिर भएर लाग्न अनुरोध गरे ।

पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारीले, केहि सहकारीहरूका कमीकमजोरीले गर्दा पछिल्लो समय सबै सहकारीका अध्यक्ष, सञ्चालक भनेका ठग नै हनु भन्ने भाष्य निर्माण भएको छ । यस्ता भ्रमको अन्त्य गर्न, सहकारीहरू नीति नियममा चल्नु पर्ने र भ्रमको अन्त्य गर्न सबै एक भएर जुट्न जोड दिए । अध्यादेशमा रहेका विमतिका बुँदा प्रति सबैले आ-आफ्नो क्षेत्रबाट दबाब दिनुपर्ने उल्लेख गरे ।

सभाले सचिव मीनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल र लेखा सुपरिवेक्षण समिति संयोजक केशवप्रसाद ढकालद्धारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिबेदन पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी