Skip to content
LAXMI SUNRISE BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकहरूलाई अन्नपुर्ण केबलकारमा ३० प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकहरूले अन्नपुर्ण केबलकारमा छुट पाउने भएका छन् । उक्त इन्स्योरेन्सको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरस्लाई पोखरामा रहेको अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशतसम्म छुट हुने भएको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनि र अन्नपुर्ण केबल कारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । साथै, कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने ७० लाख भन्दा बडी बीमितहरु रहेका छन् अन्नपुर्ण केबल कारसँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलले बिमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK