काठमाडौँ । प्रभु इन्स्योरेन्स र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सम्झौता भएको छ । महासंघ र प्रभु इन्स्योरेन्स कम्पनीबीच सुनचाँदी व्यवसायको प्रबर्धन र व्यवसायीहरुलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस समझदारीपत्रले सुनचाँदी व्यवसायीहरुको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
समझदारी अनुसार प्रभु इन्स्योरेन्सले सुनचाँदी व्यवसायीहरुका लागि विशेष बीमा योजना र सेवाहरु प्रदान गर्नेछ । यसले आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पुर्याउनेछ । साथै, महासंघले व्यवसायीहरुबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवद्र्धन गर्न प्रभु इन्स्योरेन्ससँग सहकार्य गर्नेछ ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ल, प्रमुख कार्यकारी अधिकृत सन्चित बज्रचार्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका किसान सुनारको समुपस्थितिमा भएको हस्ताक्षर समारोहमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तर्फबाट महासचिव निर बहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख राम महर्जन साथै प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट बजार विभाग प्रमुख समिर तामाङ र वित्त विभाग प्रमुख अरविन्द कुमार कर्णले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष किसान सुनारले भने, ‘यस समझदारीले सुनचाँदी व्यवसायीहरुको जोखिम व्यवस्थापनमा नयाँ सम्भावना खोल्नेछ । बीमाको माध्यमबाट व्यवसायीहरु थप सुरक्षित महशुस गर्नेछन् र व्यवसाय विस्तारमा आत्मविश्वासका साथ अघि बढ्नेछन्।’ त्यस्तै, प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले भने, ‘हामीले विशेष रुपमा डिजाइन गरिएको बीमा सेवा प्रदान गरेर सुनचाँदी व्यवसायको दिगो विकासमा सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्