काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेड र एएसजी आई केयरबीच सम्झौता भएको छ । प्रोग्रेशिभ फाइनान्सले एएसजी आइ केयरसँग आपसी व्यवसायिक हित तथा विभिन्न सामाजिक कार्यहरूमा सहकार्य गर्नका निम्ति समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा फाइनान्सका ग्राहक, सेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारहरूलाई अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूमा १० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।
साथै, सम्झौता अनुसार एएसजी आइ केयरले ओपिडीमा पहिलो पटकको दर्ता निःशुल्क तथा वर्षमा दुई पटक निःशुल्क आँखा जाँच अभियान सञ्चालन गर्नेछ । यसबाहेक विभिन्न क्षेत्रमा आँखा शिविर लगायतका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलापहरूमा फाइनान्ससँग सहकार्य गर्ने समेत समझदारी भएको छ ।
समझदारीपत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा अस्पतालका तर्फबाट अपरेशन म्यानेजर राधिका महतोले हस्ताक्षर गरे । यस अवसरमा फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई र अधिकृत अमिन श्रेष्ठ एवं अस्पतालका तर्फबाट बजार व्यवस्थापक संजीव कुमार ठाकुरको उपस्थिति थियो ।