Skip to content
LAXMI SUNRISE BANK

घुस माग्ने कर्मचारीलाई झापड हाने सम्मान पाइने !  

अर्थ सरोकार

काठमाडौँ । धरान उपमहानगरपालिकाले घुस माग्ने कर्मचारीलाई झापड हाने सम्मान गर्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोष्ट सार्वजनिक गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यस्तो घोषणा गरेका हुन् । 

उनले धरानमा कसैले घुस माग्छ भने घुस माग्ने कर्मचारीको भिडियो खिचेर झापड हाने झापड हान्ने व्यक्तिलाई ‘धरान डे’मा सम्मान गर्ने बताएका छन् । 

‘अरु तिर के छ ? त्यो म भन्न सक्दिन । तर धरानको हकमा कसैले घुस माग्छ भने मोबाइलमा रेकर्ड अन गरेर गाला फुटिन्जेल झाप्पु हान्नु ! धरान डे धरान उत्सवमा फूलको मालासहित सम्मान पत्रले सम्मानित गर्नेछु !’, मेयर साम्पाङले लेखेका छन् । 

मेयर साम्पाङको उक्त पोष्टमा मिश्रित प्रतिक्रिया आएका छन् । कसैले उक्त घोषणा साह्रै राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले जनप्रतिनिधि स्वयम्‌ले कानून हातमा लिने अभ्यास गलत भएको भन्दै आलोचनासमेत गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK