Skip to content
LAXMI SUNRISE BANK

क्रोएसिया पठाउने भन्दै १५ लाख ठग्ने पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका वडा नं. ५ घर भई काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. २ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेका छन् ।

उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर क्रोएसिया पठाउने भन्दै दुई जनाबाट १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

शेर्पालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुष २८ गते पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK