काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले केही मिडियामा प्रकाशित भएको भ्रमात्मक समाचारप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ।
केवलकार कम्पनीले दैनिक सञ्चालनका क्रममा अपनाइने प्रोटोकलअनुसार अत्याधुनिक उपकरणहरूको जाँच तथा आवश्यक सर्भिसिङ्ग गरिरहेको जनाएको छ । यस क्रममा टावरहरूको प्लाटफर्म र लाईन सिभमा सामान्य त्रुटि भेटिएपछि यात्रु नचढाईकन जाँच गरिएको थियो । जाँचका क्रममा रोपलाई अस्थायी रूपमा प्लाटफर्म र लाईन सिभबाट निकालिएको अवस्थामा देखिएको दृश्यलाई ‘डिब्बा चुडिएको’ वा ‘रोप चुडिएको’ भन्दै केही मिडियाले समाचार सम्प्रेषण गरेकोप्रति कम्पनीले आपत्ति जनाएको छ।
कम्पनीका अनुसार सो क्रममा कुनै यात्रु रहेका थिएनन् र कुनै दुर्घटना वा क्षति भएको छैन । कम्पनीले यस्तो प्रक्रिया नियमित जाँचका क्रममा हुने सामान्य प्रक्रिया भएको स्पष्ट पारेको छ।
बन्दीपुर केवलकार सामुदायिक उद्यमको नमुना भएको र यो सधैं सुरक्षित र विश्वसनीय सेवामा केन्द्रित रहेको बताउँदै, कम्पनीले यात्रुहरूको सुरक्षा र विश्वास कायम राख्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ।
यस प्रकारका भ्रमपूर्ण समाचारले यात्रुहरूमा अनावश्यक त्रास उत्पन्न गराउन सक्ने भन्दै कम्पनीले यथार्थ सूचना प्रवाह गर्न मिडिया लगायत सबै पक्षलाई आग्रह समेत गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्