काठमाडौँ । सुनसरीको बराह सहकारी ठगी प्रकरणमा अध्यक्ष र सञ्चालकका श्रीमती पक्राउ परेका छन् । ठगी आरोपमा प्रहरीले पक्राउ गर्ने डरले अध्यक्ष मानबहादुर विश्वकर्मा र सञ्चालक गंगाबहादुर कालिकोटे फरार भएपछि प्रहरीले उनीहरुका श्रीमतीलाई पक्राउ गरेको हो ।
हाल प्रहरीले पक्राउ गरेका अध्यक्षकी श्रीमती जतनमाया विश्वकर्मा र सञ्चालककी श्रीमती सरिता कालिकोटेलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवैजनाको सहकारी ठगीमा संलग्नता देखिएको छैन । तर, श्रीमान भागेकै कारण उनीहरुलाई नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । यद्यपि दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहकारीको बचत हिनामिना गरेको आरोपमा सहकारीका ६ सय ५४ जना बचतकर्ताले दिएको जाहेरीमा उनीहरुको नाम पनि उल्लेख गरिएका कारण पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीमा पीडितले दिएको जाहेरीका आधारमा बराह सहकारीमा एक अर्ब १८ करोड ३६ लाख एक सय १० रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ । पीडितको जाहेरी आउने क्रम अझै जारी रहेकोले यो रकम अझै बढ्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्