काठमाडौँ । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीलाई कोशी प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको हो ।
अम्बे कोशी सहकारीले विराटनगरदेखि दमकसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।
सहकारीका सञ्चालकहरुमाथि करिब १३ हजार बचतकर्ताको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ । सहकारी समस्याग्रस्त घोषणा भएपछि अब सहकारीको सम्पूर्ण व्यवस्थापन सरकारले गठन गरेको संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले गर्नेछ ।
उक्त समितिले अब सहकारीमा फसेको रकम उठाएर र ऋणीको धितो लिलाम गरेर बचतकर्तालाई पैसा फिर्ता गर्नेगरी काम अघि बढाउनेछ । अम्बे कोशी सहकारी ठगी प्रकरणमा संस्थाका अध्यक्ष फणिन्द्र मगर एक वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् ।