काठमाडौँ । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । काठमाडौँबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको उडान नम्बर ९५३ को कलसाइन ९एन-एजेएस विमानमा प्राविधिक समस्या देखिएको हो ।
त्रिभुवन विमानस्थलबाट टेकअफ गरिसकेको जहाजको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।
आधा समय उडान गरिसकेको विमानको इन्जिनमा समस्या रहेको थाहा पाएपछि पाइलटले उक्त जहाज पुनः काठमाडौँ फर्काएका छन् ।
हाल इन्जिनमा समस्या देखिएको भनिएको जहाजको प्राविधिक टोलीले जाँच गरिरहेको छ । आधा उडान गरिसकेपछि फेरी काठमाडौँ फर्काइएको जहाजका यात्रुलाई भने अर्को विमानमार्फत भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरका एक अधिकारीले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्