काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । सिबिफिनको ‘उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ, उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ पाँचौँ वार्षिक साधारण सभा २०८१ पुस १९ गते शुक्रबार सफलतापूर्वक सम्पन्न भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि दामोदर भण्डारीले साधारण सभाको समुद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै मन्त्री दामोदर भण्डारीले देशको वर्तमान स्थिति र आवश्यकता बमोजिम कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामिण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीहरुको विकास एवं स्तरोन्नतिमा बैंक तथा वित्तीय संस्थाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने सन्देश व्यक्त गरे ।
आर्थिक एवं बैंकिङ गतिविधिहरुको विस्तारका लागि बाधक बनेका मौजुदा कानूनहरुको सुधारका लागि सरकार लागि परेको बताउँदै अब तथ्याङ्कमा भन्दा व्यवहारिकता र परिणामलाई मध्यनजर गरेर सरकार र समग्र निजी क्षेत्र हातेमालो गर्दै अगाडि जानुको विकल्प नभएको उनले बताए । त्यसैगरी विशिष्ट अतिथिहरु उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका का.वा. अध्यक्ष वीरेन्द्र प्रसाद पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालज्यूले शुभकामना मन्तव्य राख्दै उपयुक्त नीति र वातावरणको सृजना, कर्जा-लगानी विस्तारमा सहजीकरण, बैंकिङ पहु्ँच र सर्वसुलभ बैंकिङ सेवाको विस्तार तथा सुस्ताएका समग्र आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई चलायमान बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका लागि साधारण सभाले स्पष्ट कार्यदिशासहितको भूमिका सिबिफिनले निर्वाह गर्नेमा आशावादी रहेको बताए ।
त्यस्तै, उद्घाटन समारोहमा सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र आजको अवस्थासम्म आइपुग्नुमा बैंकिङ क्षेत्रको उल्लेखनीय भूमिका र योगदान रहेको जनाए । प्रचुर संभावना बोकेका कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि सरकारले उचित वातावरण र नीति तय गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष पौडेलले मुलुकलाई विशाल अर्थतन्त्र र बजार भएका दुई ठूला छिमेकी मित्र राष्ट्रहरुवीचको साँघु बनाई भूराजनीतिक लाभ हासिल गर्न सकिने प्रचुर संभावनालाई सार्थकतामा परिणत गर्न आवश्यक रहेको समेत बताए ।
दिगो बैंकिङको विकासमार्फत वस्तु तथा सेवाको उत्पादन, उपयोग तथा निर्यात, रोजगारी सृजना, प्रविधि तथा नवप्रवर्तनको विकास, लघु, घरेलु साना तथा मझौला उद्यमहरुको विकास एवं विस्तारसहित खाद्य एवं ऊर्जा सुरक्षा तथा खाद्य सम्प्रभुता हासिल गर्दै वास्तविक अर्थतन्त्रलाई अझ सुदृढ एवं दर्बिलो बनाउनु हामी सबैको कर्तव्य र जिम्मेवार भएको जनाए ।
उनले समग्र मुलुकको रुपान्तरणका लागि सिबिफिनले नेपाल सरकार, नियामक निकाय र सरोकारवाला पक्षहरुसँग सदैव निकट सहयोगी एवं परिपुरक संस्थाकोरुपमा भूमिका निर्वाह गर्न हरदम तत्पर रहने धारणा राखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्