काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार दोश्रो त्रैमाससम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.४५ प्रतिशतले कम हो ।
बैंकले गत वर्षको सोहि अवधिमा ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको इम्पयेरमेन्ट चार्ज ८५ करोड ९५ लाखबाट बढेर १ अर्ब ३८ करोड ५३ लाख रुपैयाँमा पुगेको छ । जसकारण नाफामा गिरावट देखिएको हो ।
यता, खुद ब्याज आम्दानी २ अर्ब ८३ करोडबाट बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब २८ करोड रुपैयाँ जम्मा रहेको छ ।
सिटिजन्सको वितरणयोग्य नाफा १५ करोड ८१ लाख रुपैयाँ देखिएको छ । प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ । एनपीएल ४.८५ प्रतिशतमा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्