×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकद्वारा दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १५.४५ प्रतिशतले घट्यो नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकद्वारा दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १५.४५ प्रतिशतले घट्यो नाफा

Artha Sarokar

७ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार दोश्रो त्रैमाससम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.४५ प्रतिशतले कम हो ।

बैंकले गत वर्षको सोहि अवधिमा ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको इम्पयेरमेन्ट चार्ज ८५ करोड ९५ लाखबाट बढेर १ अर्ब ३८ करोड ५३ लाख रुपैयाँमा पुगेको छ । जसकारण नाफामा गिरावट देखिएको हो ।

यता, खुद ब्याज आम्दानी २ अर्ब ८३ करोडबाट बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब २८ करोड रुपैयाँ जम्मा रहेको छ ।

सिटिजन्सको वितरणयोग्य नाफा १५ करोड ८१ लाख रुपैयाँ देखिएको छ । प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ । एनपीएल ४.८५ प्रतिशतमा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी