काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धनराज गुरुङसँग पाँच घण्टा सोधपुछ गरेको छ । काँग्रेसका उपसभापतिसमेत रहेका गुरुङसँग सीआईबीले मितेरी सहकारी ठगी प्रकरणमा दोस्रो पटक सोधपुछ गरेको हो ।
सीआईबाका उच्च अधिकारीका अनुसार मंगलबार १२ बजे सीआईबी पुगेका गुरुङसँग साँझ ५ बजेसम्म सोधपुछ गरिएको थियो ।
मितेरी सहकारीमा साढे १२ करोड हिनामिना गरेको आरोपमा सहकारीका सचिव बोधविक्रम थापाले संस्थाका महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीमा उजुरी दिएका थिए । गुरुङ धनराजकी पूर्वपत्नी हुन् । ज्योती गुरुङ र ज्योतीबहादुर भण्डारीविरुद्ध रेड नोटिससमेत जारी भएको छ । तर, उनीहरु अझै पक्राउ परेका छैनन् ।
सीआईबीले यसअघि धनराज गुरुङसँग पहिलोपटक कार्तिक २८ गते कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो ।