काठमाडौँ । आचाय बन्धु समाज-नेपाल धादिङ्गको जिल्ला अधिवेशन पौष २० गते शनिबार सम्पन्न हुने भएको छ ।
थाक्रे गाउँपालीकास्थीत सरस्वती मन्दीरमा सम्पन्न हुने भनिएको जिल्ला अधिवेशनमा पाँच सय भन्दा बढी कोण्डिन्य गोत्रीय आचार्यहरुको उपस्थिति रहने जनाईएको छ । उक्त प्रथम अधिवेशनमा काठमाडौँ ललितपुर, भक्तपुरबाटसमेत अतिथीहरु बोलाईएको आचार्य बन्धु समाज नेपाल धादिङ्ग जिल्ला सभापति अर्जुन प्रसाद आचार्यले जानकारी दिए ।
धुनिबेंसी नगरपालीकाका आचार्य बन्धु समाज नेपालका सभापति रमेश आचार्यले अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र उक्त अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न धादिङ्ग जिल्लाका सबै गाउँपालीकाका कौण्डिनय गोत्रीय आचार्य बन्धुहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको बताए ।
प्रचार प्रसार प्रमुख शिवराज आचार्यले प्रचार प्रसारका सम्पूर्ण कार्यहरु पुरा भईसकेका र कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने उद्देश्य राखिएको हुँदा उक्त कार्यक्रमलाई कुनैपनि तरिकाले आफुहरुले सभ्य र भब्य रुपमा समपन्न गर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा आचार्य बन्धु समाजव नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यसहित विशिष्ट आचार्यलाई निमन्त्रणा गरिएको तथा धादिङ्गको धुनिबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य तथा थाक्रे गाउाापालिकाका अध्यक्ष रामकृष्ण आचार्यसमेत सहभागी हुने धुनिबेँसी-६का वडाध्यक्षसमेत रहेका धुनिबेँसी सभापति रमेश आचार्यले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता एवम् आचार्य बन्धु समाज नेपालका केन्द्रीय महासचिव शुभनराज आचार्यले धादिङ्ग जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न हुनेमा आफुहरु विश्वस्त रहेको भन्दै केन्द्रले अधिवेशन सफलताको शुभकामना रहेको बताए ।
धादिङ्ग जिल्लाको थाक्रे, धुनिबेँसीलगायत स्थालीय पालिकामा आचार्यहरुको उपस्थिति व्यापक रहेको दावी गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्