काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् ।
विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा पक्राउ परेका भुसाल कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसपछि ५० हजार धरौटी तिरेर छुटेका हुन् ।
न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार रुपैयाँ छोड्न आदेश दिएको हो । उनीविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरिएको थियो ।
मंसिर २९ गते रवि लामिछानेलाई भेट्न पुगेका भुसालले रवि हिरासतमा सुतिरहेको फोटो सिसिटिभी मनिटरबाट खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्