काठमाडौँ । सप्तरीमा साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने एकजना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका-२१ का २६ वर्षीय समसुद्दीन आलमलाई पक्राउ गरेको हो ।
आलम गाडी चालक हुन् । उनी पुष २२ गते साँझ ७ बजे सहचालक बाराको कलैया उपमहानगरपालिका-७ का २४ वर्षीय अमिर श्रेष्ठलाई लिएर बोइलर कुखुरा लिन वीरगञ्जबाट राजविराज जाँदै थिए । तर, राजविराज नपुग्दै उनले आफू लुटिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।
प्रहरीका अनुसार आलमले रुपनी गाउँपालिका-१ स्थित राजविराज-रुपनी सडक खण्ड अन्तर्गतको रायपुरमा दुईवटा मोटरसाइकलमा आएका चारजना हतियारधारीले गाडी रोकेर गाडीको साँचोसहित ३ लाख ८० हजार लुटेर भागेको सूचना दिएका थिए । तर, घटनास्थल पुगेको प्रहरीले जाँच गर्दा गाडीको साँचो त्यहीँ भेटिएको थियो ।
घटनाबारे अनुसन्धान गर्दै जाँदा आलमले लुटियो भनिएको रकम उनले आफ्नो घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । पछि आलमले साहुले दिएको रकम लुकाउन लुटपाटको नाटक गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।
उनलाई प्रहरीले ठगी, आपराधिक विश्वासघात र झुटो सूचना दिएर अफवाह फैलाएको अभियोगमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्