काठमाडौँ । बैंक तथा वित्तीय संस्थाविरुद्ध निकै उग्र बन्दै आएका व्यवसायी दुर्गा प्रसाईंले ‘क’ वर्गका ११ बैंक डुब्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् सेयर गर्दै प्रसाईंले असारपछि बैंकहरु डुब्ने दाबी गरेका हुन् ।
तर, प्रसाईंले डुब्छन् भनिएका बैंकहरु कुन कुन हुन ? त्यो भने खुलाएका छैनन् । उनले बैंकहरुको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।
‘…नेपालका चर्चित क वर्गका बैंकहरु पनि असारपछि धमाधम ढल्छन् । प्रतिक्षा गर्नुहोस्, ती बैंकका नामावली चाँडै सार्वजनिक गर्नेछु ।’, प्रसाईंले लेखेका छन् ।
यतिसम्म कि प्रसाईंले मारवाडीहरुले सञ्चालन गरेका बैंकहरुमध्ये एनआईसी एशिया बैंक बिशाल ग्रुपले कौडीको भाउमा बेच्ने र बैंक बेचेको पै्रसा लिएर नेपाल छोड्ने तयारी गरेको पनि बताएका छन् । ‘मारवाडीहरूले सञ्चालन गरेका बैंकहरूमध्ये एनआईसी एशिया बैंक बिशाल ग्रुपले कौडीको भाउमा बेच्दैछ ।’, उनले लेखेका छन्, ‘त्यही रकम लिएर नेपाल छोड्ने तयारीमा छन् ।’
त्यस्तै, प्रसाईंले विगत १० वर्षदेखि आफूले भन्दै आएका सबै कुराहरु पुगेको भन्दै देशमा व्यापार/व्यवसाय शून्य रहेको र युवाहरु रित्तिने क्रम जारी रहेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्