×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्रका समस्या किस्ताकिस्तामा समाधान हुँदैछन्: अर्थमन्त्री 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अर्थतन्त्रका समस्या किस्ताकिस्तामा समाधान हुँदैछन्: अर्थमन्त्री 

Artha Sarokar

१८ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या किस्ता किस्तामा समाधान गरिरहेको दाबी गरेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले अर्थतन्त्र चलायमान बनाएर मुलुकमा लगानी, उत्पादन, रोजगारी अभिवृद्धि गर्ने र विदेशी लगानी आकर्षित गर्ने प्रयासमा सरकारले काम गरिरहेको पनि बताएका छन् । 

सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहनसक्ने गरी आत्मसाथ गरे पनि वर्तमान नयाँ टेक्नोलोजीका हिसाबले अगाडि बढ्न भने नसकेको उल्लेख गरेका छन् । उनले
कर प्रणालीमा सरकारले चाहेजस्तो सुधार गर्न अझै नसकेको स्वीकार्दै आइक्यानसँग सहयोगका लागि आग्रहसमेत गरेका छन् । 

त्यस्तै, अर्थमन्त्री पौडेलले सुशासन र सेवालाई प्रभावकारी बनाउँदै कार्यान्वयनको लागि सरकारले एकैपटकमा २९ वटा कानूनलाई अध्यादेशमार्फत ल्याएको पनि बताएका छन् । आर्थिक गतिविधि चलायमान र लगानीमैत्री वातावरणको लागि अध्यादेश ल्याएको अर्थमन्त्रीको भनाई छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी