Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने झण्डै १९ हजार ग्राहकको लाइन, ७२ करोड बक्यौता उठ्न बाँकी 

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १८ हजार बढी ग्राहकको लाइन काटेको छ । बिजुली प्रयोग गरेबापतको महसुल नतिरेको भन्दै प्राधिकरणले पुष २ गतेदेखि २६ गतेसम्म १८ हजार ७ सय ९७ ग्राहकको लाइन काटेको हो । लाइन काटिएका ग्राहकहरुबाट कुल ७१ करोड ७६ लाख ८५ हजार रुपैयाँ असुली गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार सबैभन्दा धेरै ग्राहकको लाइन मधेश प्रदेशमा काटिएको छ । मधेश प्रदेशमा प्राधिकरणले ६ हजार ३ सय ६८ साना ग्राहकको लाइन काटिएको छ । उनीहरबाट १८ करोड ११ लाख ४ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, प्राधिकरणले कोशी प्रदेशमा ३ हजार १ सय ४८, बागमती प्रदेशमा ७ सय ४, गण्डकी प्रदेशमा १ हजार १ सय ३०, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ४४, कर्णाली प्रदेशमा १ हजार ८१ र सुदूरपश्चिम प्रदेशमा ८ सय ८८ जना ग्राहकको लाइन काटेको छ । 

पटकपटक बक्यौता तिर्न ताकेता गर्दा पनि ग्राहकको बेवास्ता गरेपछि र लाइन नकाटी बक्यौता नउठ्ने देखेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ । लाइन काटिएपछि ग्राहकहरु बक्यौता तिर्न आउने गरेको पनि प्राधिकरणले जनाएको छ । 

यता प्राधिकरणले सोही अवधिमा १३ हजार ७ सय ७३ जना ग्राहकको लाइन जोडेको छ । उनीहरुमार्फत २२ करोड ३७ लाख रुपैयाँ बक्यौता असुली भएको प्राधिकरणले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK