Skip to content
LAXMI SUNRISE BANK

५० करोड बराबरका विद्युतीय चुरोट बरामद, चीनबाट तस्करी गरिएको पुष्टि 

अर्थ सरोकार

काठमाडौँ । चीनबाट अवैध रुपमा तस्करी गरिएका विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । 

चिनियाँ नाका भएर अवैध रुपमा तस्करी गरेर ल्याइएका ३० देखि ५० करोड रुपैयाँ बराबरका भेट बरामद गरिएको हो । ती भेपहरु राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । 

विभागका अनुसार चीनबाट ठूलो मात्रामा विद्युतीय चुरोट (भेप) तस्करी भइरहेको सूचनाका आधारमा ती भेपहरु ललितपुरको इमाडोलबाट बरामद गरिएको हो । 

भेप तस्करीमा संलग्न रहेका रमेश शेर्पा र पवन साह भनिने त्रिभुवन साह दुवै फरार छन् । उनीहरुको खोजीकार्य भइरहेको विभागका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार भेप मंगलबार राती बरामद गरिएको हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK