काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष २९ गते सोमबार होटल डे-ब्रेक बेगनासताल पोखरा कास्कीमा संचालक समितीका अध्यक्ष अर्चना प्रधानले सभाको समुद्धघाटन गरेकी हुन् ।
संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले सभा समक्ष पेश गरेको नियमित र विशेष सम्पुर्ण प्रस्तावहरु सभाले सर्वसहमतीले पारित गरेको छ ।
सातौं वार्षिक सधारणसभाबाट सर्वसाधारण सेयरधनिहरुको प्रतिनिधित्व गर्दै निर्वाचित भएका संचालक प्रकाश खरेलले राजीनामा दिई रिक्त रहेको उक्त संचालक पदमा बाँकी अवधीको लागि यस अघि संचालक समितिबाट नियुक्त भएकी काठमाण्डौं निवासी श्रीमती तुलसा खरेलको नियुक्तीलाई सभाले सर्वसहमतीले अनुमोदन गरेको छ ।
वि. सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ३४,०५० सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । यो अवधी सम्म २ अर्ब १९ करोड ८० लाख कर्जा लगानीमा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्