×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा क्यापिटलको नवौं वार्षिक साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गरिमा क्यापिटलको नवौं वार्षिक साधारणसभा सम्पन्न

Artha Sarokar

२८ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा पुस २५ गते बिहिबार काठमाडौँ बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा सम्पन्न भएको हो ।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराइले स्पष्ट पारेका थिए ।

सभामा गरिमा विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्षहरु, गरिमा म्युचूअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरु तथा सेयरधनीहरुको उपस्थिती रहेको थियो ।

नवौं वार्षिक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिव अशोक सुवेदी तथा स्वागत मन्तब्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी