Skip to content
LAXMI SUNRISE BANK

एक हजार रुपैयाँले बढ्यो शुक्रबार सुनको मूल्य

अर्थ सरोकार

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले बढेर एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३७ हजार ६ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य  १६१२ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK