काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११ सय रुपैयाँले बढेर एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३५ हजार ५ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६०७.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।