Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार सुनको मूल्य २३ सय रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३ सय रुपैयाँले बढेर एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३९ हजार ५ सय ३९ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय ४२ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK