काठमाडौँ । हदैसम्मको मनपरी गरेपछि हिमालयन बैंक राष्ट्र बैंकको कारवाहीमा परेको छ । एकीकृत निर्देशनको पालना नगरी मनपरी गरेको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गरेको हो ।
कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेको पाइएपछि राष्ट्र बैंकले बैंकलाई कारवाही गरेको छ ।
राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले निर्देशनको पालना नगरेर मनपरी गरेको भन्दै हिमालयन बैंकसहित एनआईसी एशिया बैंकलाई पनि कारवाही गरेको छ ।