×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको नाफा टुच्च बढ्यो, इपिएस कति ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयन बैंकको नाफा टुच्च बढ्यो, इपिएस कति ? 

Artha Sarokar

७ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ प्रतिशतले बढेको छ । बैंकले यस अवधिमा कुल १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.०४ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा २ अर्ब २१ करोडबाट बढेर ३ अर्ब १२ करोड पुगेको छ । 

बैंकको खुद ब्याज अम्दानी १० प्रतिशतभन्दा धेरैले घटे पनि इम्पेयरमेन्ट चार्ज घटेका कारण बैंकको नाफामा सुधार देखिएको हो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाखमा झरेको छ । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि सामान्य बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १४ पैसा बढेर १४ रुपैयाँ ३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.६८ गुणा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी