×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन लाइफले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयन लाइफले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने

Artha Sarokar

६ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

८ अर्ब २ करोड ३ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सेयरधनीलाई १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको छ ।

बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ता स्वयम् आफैँले तिर्नुपर्नेछ ।

कम्पनीले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाइएको छ । प्राधिकरणको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीमा वितरण गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी