×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक फोहोर गरेपछि काठमाडौँ महानगरद्वारा कुखुरा बोक्ने गाडी कारवाहीमा 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सडक फोहोर गरेपछि काठमाडौँ महानगरद्वारा कुखुरा बोक्ने गाडी कारवाहीमा 

Artha Sarokar

२४ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुखुरा बोक्ने गाडीलाई कारवाही गरेको छ । सडकमा भुत्लासहित फोहोर गरेको भन्दै महानगरले कुखुरा बोक्ने गाडीलाई कारवाही गरेको हो । 

महानगरले उक्त गाडीका धनी राजकुमार ढुंगानालाई कारवाहीस्वरुप १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । 

काठमाडौँ-१५ स्थित सडक पेटीमा कुखुरा बोक्ने गाडीले कोल्डस्टोरमा कुखुरा झारेपछि सडकमा भुत्लासहित फोहोर गरेको भन्दै कारवाही गरिएको महानगरले जनाएको छ । 

पछिल्लो समय सडक फोहोर गर्नेहरुप्रति कठोर बनेको महानगरपालिकाले सडक फोहोर गर्नेहरुलाई धमाधम कारवाही गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी