काठमाडौँ । कुमारी बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६८.२० प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटेको छ । त्यस्तै, खुद फि तथा कमिसन आम्दानी १५.१२ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी भने ८५.०६ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ७६ करोड ६० लाख रुपैयाँबाट बढेर ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याद आम्दानी घटेको र इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । यस अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ५१ पैसा घटेर २ रुपैयाँ १० पैसामा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९९.५२ गुणा रहेको छ ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्