×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सनराइज बैंकको खुद नाफा सामान्य बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी सनराइज बैंकको खुद नाफा सामान्य बढ्यो

Artha Sarokar

७ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफा सामान्य बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १.७१ प्रतिशतले बढेको हो ।

यसअवधिमा (पुष मसान्तसम्म) बैंकले कुल १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

HIGHLIGHTSचालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकको नाफा १.७१ प्रतिशतले बढेको छ ।

समीक्षा अवीधमा बैंकको खुद ब्याज आम्दानी ८.२७ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १२.२८ प्रतिशतले बढेको छ । त्यस्तै, यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज पनि २ अर्ब ७३ करोड २६ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा झरेको छ । यही कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा बढेको हो । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ४१ पैसाले बढेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ५० पैसा छ भने न्यूनतम मूल्य आम्दानी अनुपात २२.२२ गुणा रहेको छ । 

पुष मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ । कुल २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ६५ करोड १३ लाख रुपैयाँ रहेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी