Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको खुद नाफा सामान्य बढ्यो

अर्थ सरोकार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ०.२४ प्रतिशतले बढेको हो ।

बैंकले यस अवधिमा ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको नाफा सामान्य बढेको हो । माछापुच्छ्रे बैंकको इम्पेयरमेन्ट चार्ज २३ करोड ८५ लाखबाट घटेर २० करोड ४७ लाख रुपैयाँमा पुगेको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । उक्त आम्दानी २ अर्ब ६३ करोडबाट बढेर २ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख रुपैयाँ देखिएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.२० रुपैयाँ रहेको छ । एनपीएल १.९७ प्रतिशतमा पुगेको छ ।

चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब १० करोड रुपैयाँ जम्मा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK