×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

२ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ घर भई काठमाडौँ महानगरपालिका वडा नं. १६ बालाजु बस्ने  ३७ वर्षीय रमेश चौधरी ।

चौधरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुष २९ गते नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर जापान पठाउने भन्दै १३ लाख ३२ हजार ५ सय रुपैयाँ ठगी गरेका थिए ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी