×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

२८ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जिल्लाउर्लाबारी नगरपालिका वडा नं. ५ नमुनाटोल घर भई हाल ललितपुर महानगरपालिका वडा नं.  २७, सुनाकोठी बस्ने ४५ वर्षिया भुमिका देवान रहेकी छिन् ।
उनले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर पोल्याण्ड पठाउने भन्दै एक लाख रुपैयाँ ठगी गरेकी थिइन् । पीडितले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुष २५ गते सुनाकोठीबाट पक्राउ गरेको हो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगारी विभाग पठाईएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी