काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०६ घर भएका ३६ वर्षीय रुपेश महर्जन रहेका छन् ।
उनले काम पनि राम्रो र आकर्षक तलब हुने प्रलोभनमा पारेर दुई जनाबाट एक लाख रुपैयाँ ठगी गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन २४ गते धोबिघाटबाट पक्राउ गरेको हो ।
हाल महर्जनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।