काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।
उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा ३१ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पीडितले दिएको उजुरीका आधारमा दाहाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुष २४ गते पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्