Skip to content
LAXMI SUNRISE BANK

अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खा जिल्ला गण्डकी गाउँपालिका वडा नं. २ घर भई हाल चितवन जिल्ला भरतपुर उप महानगरपालिका वडा नं. १० बस्ने ४३ वर्षीय कुल बहादुर थापा रहेका छन् ।

उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । हाल उनलाई ठगी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK