×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

१६ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीको लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुर शुक्लाफाँटा नगरपालिका १ घर भइ हाल काठमाडौँ टोखा बस्ने २५ वर्षीय भुवन कार्की रहेका छन् ।

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्कीलाई उक्त आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी