काठमाडौँ । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिका-४ मठियास्थित इलाकामा सिमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोतिहारी ग्राम पन्चायत खरोही-४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक महतोका अनुसार नक्कली चाइनिज (पेस्तोल) खलौना देखाएर सिमा क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिलाई डर देखाई रकम माग्ने गरेका थिए । प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताएका छन् ।
पक्राउ परेका कलामलाई म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्