काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा पुष २८ गते थापागाउँ व्याङकेटमा सम्पन्न भएको हो ।
साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
त्यस्तै, सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट तीनजना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट एक जना सतिश गौतम, गरि ४ (चार) जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन् ।
वित्तीय संस्थाको रजिष्टर्ड कार्यालयलाई काठमाडौँ महानगरपालिका वडा नं. १० बाट ठाउँसारी गरी काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्ध पत्रको दफा २ (१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्