×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन किन्न नबिल बैंकले ऋण दिने, के-के चाहिन्छ ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुन किन्न नबिल बैंकले ऋण दिने, के-के चाहिन्छ ? 

Artha Sarokar

२५ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंकले सुन किन्न ऋण दिने भएको छ । बैंकले नेपालमै पहिलोपटक सुन किन्न ७० प्रतिशतसम्म ऋण दिने भएको हो । 

बैंकले सुन किन्न ऋण दिने ‘नबिल ढुक्क सुन खरिद कर्जा’ योजना कार्यान्वयनमा ल्याएको छ । दिनप्रतिदिन सुनको मूल्य बढिरहेको बेला सुन किन्न चाहनेहरुको सहजताका लागि बैंकले यस्तो योजना ल्याएको हो । 

‘नबिल ढुक्क सुन खरिद कर्जा’ योजना अन्तर्गत बैंकले सस्तो ब्याजदर, मासिक किस्ता सुविधा, सुनको निःशुल्क बीमा र अधिकतम १० लाख रुपैयाँसम्मको कर्जा लगायत सुविधा दिएको छ । 

बैंकको उक्त योजनाको मासिक ब्याजदर १ प्रतिशतभन्दा कम रहेको बैंकले जनाएको छ । कर्जा अवधि भने १० वर्षसम्मको लागि रहनेछ । 

उक्त योजनामा सहभागी हुन ग्राहकले सुरुमा ३० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ । त्यसपछि बाँकी ७० प्रतिशतसम्म कर्जा बैंकले उपलब्ध गराउनेछ । सुन खरिद गरिसकेपछि बैंकले खरिद गरिएका सुनलाई लकरमा राख्नेछ । ‘नबिल ढुक्क सुन खरिद कर्जा’ मार्फत लिएको कर्जा चुक्ता गरिसकेपछि बैंकले सुन फिर्ता गर्नेछ । 

नबिल बैंकको ‘नबिल ढुक्क सुन खरिद कर्जा’ योजनामा सहभागी हुन र कर्जा लिन ग्राहकले आफ्नो परिचय खुल्ने विवरण (नागरिकता, राहदानी वा सवारी चालक अनुमति पत्रजस्ता आधिकारिक प्रमाणपत्र) र खरिद गर्न चाहेको सुनको प्रमाण (वजन, प्रकार र मूल्य) पेश गर्नुपर्नेछ । हालका लागि बैंकले उक्त कर्जा सुविधा बैंकको ललितपुरस्थित मंगलबजार, कुमारीपाटी, भक्तपुरस्थित सूर्यविनायक, काठमाडौँस्थित न्युरोड, कालिमाटी, कोटेश्वर, कास्कीस्थित चिप्लेढुंगा, रुपन्देहीस्थित बुटवलको योगीकुटी, धरानस्थित बरगाछी, बाँकेस्थित नेपालगञ्ज र पाँचथरस्थित फिदिम शाखाबाट प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी