काठमाडौँ । नबिल बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १.२९ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोहि अवधिमा ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, गत वर्ष १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा आएको छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा नबिलको प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्