काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सले बाल अमृत-४ सावधिक बीमालेख प्रस्तुत गरेको छ । कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत- ४ सावधिक बीमालेख प्रस्तुत गरेको हो ।
जुम मिटिङमार्फत जोडिएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृतले यस बीमालेखको समुद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा बिमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढि परिष्कृत गरी बाल अमृत सावधिक बीमालेख-४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अव्वल योजना रहेको बताए ।
यस बीमालेख योजनाका विशेषताहरुका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउनु हुँदै यस बीमालेखमा बिमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्ष सम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रुपमा बुवाआमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमाङ्क रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र बार्षिक रुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।
त्यस्तै, यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष रहेको छ। साथै, चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधाहरू पनि यस बीमालेखमा रहेको बताए । यस बीमालेखलाई प्रबर्द्धन गर्ने उद्देश्यले बिमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए। साथै, उनले सम्पूर्ण अभिकर्ता, बिमित र कम्पनीका शुभेच्छुकहरू कम्पनीको मोबाइल एप्स, वेब साईट र नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरूमा गएर पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्