×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निरन्तर घट्दै एनसेलको आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

निरन्तर घट्दै एनसेलको आम्दानी

Artha Sarokar

२५ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनसेल आजियाटाको आम्दानी घटेको छ । कम्पनीको आम्दानी सन् २०२३ को तुलनामा सन् २०२४ मा ९.०१ प्रतिशतले घटेको हो ।

सन् २०२४ मा कम्पनीले कुल ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जबकी सन् २०२३ मा कम्पनीले कुल ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ बराबर आम्दान गरेको थियो ।

यसो त पछिल्ला वर्ष एनसेल आजियाटाको आम्दानी निरन्तर घट्दै गइरहेको देखिन्छ । कम्पनीले सन् २०२२ मा सन् २०२३ को भन्दा धेरै अर्थात कुल ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको ३ महिनामा भने कम्पनीले ८ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी विवरतणको इतिहास हेर्दा कम्पनीको आम्दानी पछिल्लो ३ वर्षयता निरन्तर घट्दै गएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी