Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकले लाभांश नदिने, सेयरधनीको हात यसपाली पनि खाली 

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंकले लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो । 

बैंकको पुष २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांक वितरण नगर्ने निर्णय गरेको हो । 

बैंक सञ्चालक समितिले गरेको उक्त निर्णयसँगै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक पठाएको छ । 

नेपाल बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि सेयरधनीको हात खाली बनाएको थियो । यसपालि पनि बैंकले कुनै लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरु निराश बनेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK