Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली 

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै लाभांश नदिने भएको हो । 

बैंकको पुष २६ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि नगद तथा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णयसँगै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । 

बैंकबाट कुनै पनि लाभांश नपाउने भएपछि बैंकका सेयरधनीहरु निराश बनेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK