काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो नाफा गत आर्थिक वर्षको तुलनामा ५७.१७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेको छ । खुद फि तथा कमिसन आम्दानी पनि ३२.८० प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंकको सञ्चालन आम्दानी १.८७ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७७ करोड २५ लाख रुपैयाँमा झरेको छ । इम्पेयरमेन्ट चार्ज घटेकै कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा बढेको हो ।
नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपिएस) ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.७१ गुणा रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.७१ गुणा रहेको छ । त्यस्तै, यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ सञ्चित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्