×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक राष्ट्र बैंकको कारवाहीमा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंक राष्ट्र बैंकको कारवाहीमा 

Artha Sarokar

८ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंक राष्ट्र बैंकको कारवाही परेको छ । स्थलगत निरीक्षणका क्रममा बैंकले राष्ट्र बैङ्कको निर्देशन विपरीतका कार्य गरेको भेटिएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारवाही गरेको छ । 

राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंकले बैंकका सञ्चालक र सञ्चालकका परिवारका सदस्य र सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको पाइएपछि बैंकलाई कारवाही गरिएको हो । 

त्यस्तै, सञ्चालक, सञ्चालकका परिवारका सदस्य तथा सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरेर खोलेको पनि भेटिएको राष्ट्र बैंकले जनाएको छ । यसरी बैंकबाट दिइएको बढी ब्याज रकम फिर्ता गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपाने र अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल र सञ्चालक रामचन्द्र संघाईलाई राष्ट्र बैंकले नसिहत दिएको छ ।

त्यस्तै, बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभार सम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन तथा संस्थागत सुशासनसम्बन्धी निर्देशनको पालना नगरेको समेत राष्ट्र बैंकले जनाएको छ । 

यसरी राष्ट्र बैंकको निर्देशन पालना नगरेको पाइएपछि कारवाही गर्दै बैंकलाई जारी पुँजीको पर्याप्त ढाँचा २०१५ अनुरुप हुनेगरी जोखिमभार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन नियमित रुपमा उपलब्ध गराउन र सोको सुधारको कार्ययोजना बनाई लागू गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।  

साथै कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था निर्देशन अनुरुप हुने गरी गर्न तथा राष्ट्र बैंकले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशनको पालन गर्न र सुधारको कार्ययोजना बनाई लागू गर्न पनि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई निर्देशन दिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी