×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको नाफा ह्वात्तै घट्यो, ईपीएसमा भारी गिरावट, वितरणयोग्य मुनाफा पनि ऋणात्मक 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईसी एशिया बैंकको नाफा ह्वात्तै घट्यो, ईपीएसमा भारी गिरावट, वितरणयोग्य मुनाफा पनि ऋणात्मक 

Artha Sarokar

७ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९२.०३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड कायम भएको छ । त्यस्तै, कम्पनीको इम्पेयरमेन्ट चार्ज भने ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेकै कारण बैंकको नाफा दबाबमा परेको हो । 

यता पुष मसान्तसम्म बैंकको सञ्चालन नाफा पनि ९०.४० प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक छ ।

त्यस्तै, यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९८ रुपैयाँ ९२ पैसा रहेको छ । 

हाल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ जम्मा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी