काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले धनुषाधाम, धनुषामा व्यवसायिक भैंसी तथा गाई पालन तालिम दिएको छ । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था धनुषाधामका ३१ जना ग्राहक सदस्यहरुको सहभागितामा माघ ८ गते देखि १० गते सम्म ‘व्यावसायिक भैंसी तथा गाई पालन तालिम’ दिन लागेको हो ।
तालिमको उद्घाटन तथा दीप प्रजल्लन कार्यक्रममा प्रमुख अतिथी धनुषाधाम नगरपालिका ३ का वडा अध्यक्ष जय नारायण यादव, विशष्ट अतिथी निर्धन सस्थाका उपाध्यक्ष जनार्दन देव पन्त र निर्धन संस्थाका कार्यकारी अधिकृत अञ्जु पाण्डे रहेका थिए । कार्यक्रममा पन्तले ब्यववसायिक परियोजना तथा वित्तीय साक्षरता संबन्धि पुस्तक अध्यक्ष जय नारायण यादवलाई प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी यादवले आफ्नो मन्तव्य मार्फत संस्थाद्धारा संचालन गर्न लागेको सीप विकास तालिमले जन समुदायमा सचेतना वृद्धि गर्ने कुरा जनाए ।
जन समुदायले जिविकोपार्जनको लागि पशुपालन गर्ने गरेका छन्, उनीहरुलाई पशु बिरामी पर्दा के कस्तो किसिमको हेरचाह तथा स्वास्थ्य उपचार चाहिन्छ सोको बारेमा विशेष जानकारी नभएको र पशु विशेषज्ञ उपचार गर्न जाँदा समेत उपचार गर्न अग्रसर नभएको देखिन्छन् । त्यसैले हरेक गाँउ समुदायमा यस किसिमको तालिम प्रदान गर्न सकेमा पशुपालन व्यवसायमा ठूलो परिवर्तन हुने तथा स्थानियको आय बृद्धिहने छ भन्दै संस्थालाई धन्यवाद दिए ।
त्यसैगरी कार्यक्रमका विशष्ट अतिथी जनार्दन देव पन्त ज्यूले तालिममा उपस्थित सहभागीहरुलाई आजको आवश्यकता भनेको उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुंच पुर्याउनु नै महत्वपूर्ण हुने र सोका लागि सीप विकास तालिम अति नै आवश्यक भएको बताए । पन्तले हाल ग्राहक सदस्यहरुले जिविकोपार्जनको हिसाबले १-२ वटा भैंसी तथा गाई पालन गरेर आफ्नो जिविको पार्जन गर्ने गरेकोमा सीप विकास सम्बन्धी व्यवसायिक शिक्षा लिई यसैलाई व्यवसाय बनाउन सकेमा वैदेशिक रोजगारीमा समेत जान नपर्ने बताए । उदाहरण स्वरुप १ वटा मुर्रा भैंसी पालन गरेर दैनिक सरदर १० लिटर दुध रु १०० का दरले बिक्री गर्दा वार्षिक रु १ लाख ७० हजार कमाउन सकिन्छ भने १० वटा पालन गर्ने हो रु १७ लाखसम्म आम्दानी गर्न सकिन्छ जुन कार्य हामी परिवारसंगै बसेर आफ्नै देशमा कमाउन सकिने बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्